२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सानिमा बैंकका ग्राहकले सिजी मोबाइलबाट मोबाइल खरिद गर्दा आकर्षक छुट पाउने

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २१:२९
सानिमा बैंकका ग्राहकले सिजी मोबाइलबाट मोबाइल खरिद गर्दा आकर्षक छुट पाउने

काठमाडौं : सानिमा बैंकले सिजी मोबाइल प्रालिसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको हो ।  

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । नथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा एयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी(इएमआई)सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।  

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise