२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कुमारीले क्यूआर कारोबारकै धितोमा कर्जा दिने

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २१:३२
कुमारीले क्यूआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौं : कुमारी बैंकले साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरेको छ ।

उद्यमीहरुले आफ्नो नजिक रहेको कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यावसायको खाता खोली क्यूआर मार्फत् कारोबार गरेर सो सुविधा लिन सक्ने भएका हुन् । व्यवसायीहरुले प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा २ लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरी सहजै लिनसक्ने बैंकले जनाएको छ ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एपमार्फत् नै गर्न सकिने भएकोले व्यावसायीहरुले कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशीलता प्रवद्र्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise