२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश

Nada
२०८१ भदौ १६ गते २१:३३
Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश

काठमाडौं : जीवन बीमक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश गरेको छ । २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको कम्पनी आठौं वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, सरसफाई र दन्त शिविर लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

वार्षिकोत्सवका अवसरमा सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले कम्पनीको प्रगतिमा योगदान पुर्‍याउने सबैमा आभार व्यक्त गरेका छन् । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सञ्चालक समितिको मार्गदर्शनमा अभिकर्ता, कर्मचारी, बीमित, नियामक, सञ्चारकर्मी लगायत सबै इच्छुकको सहयोगमा इन्स्योरेन्सलाई सबै सूचकका आधारमा अब्बल इन्स्योरेन्सका रुपमा स्थापित गर्न व्यवस्थापन प्रतिबद्ध रहेको बताए ।

इन्स्योरेन्सकाअनुसार सात वर्षको अवधिमा इन्स्योरेन्सले चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँबाट ४ अर्ब ६४ करोड रुपैयाँ पुर्‍याएको छ । नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्न इन्स्योरेन्सले गत आर्थिक वर्षमा प्रिमियम मूल्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर