२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेसपाको यादव पक्षले थप्यो केन्द्रीय सदस्य

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते १३:४७
नेसपाको यादव पक्षले थप्यो केन्द्रीय सदस्य

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षले पार्टीमा केन्द्रीय सदस्य थप गरेको छ ।हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सदस्य थप गरेको हो ।

बैठकले रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङ, सोमबहादुर थिङ, राजु थापा, ढाकाराम गौतम, सुरेन्द्र पटेल, टेकबहादुर बाठा मगर, महेन्द्रबहादुर शाही र शिव सुन्दर शाहीलाई कार्यकारिणी सदस्य बनाइएको छ ।

अध्यक्ष डा. बाबुराम भट्टराई पक्षसँग अलग भएर यादव पक्षले अलगै पार्टीको अभ्यास गर्दै आइरहेको छ। तर, संस्थापन पक्षले यसअघि नै यादवसहितका नेताहरूलाई हटाइसकेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise