२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गण्डकी सरकारमा एमालेका ४ मन्त्रीले लिए शपथ

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते १४:१०
गण्डकी सरकारमा एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं : गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

नवलपुरकी पद्मा जिसीसहित बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन् ।

जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise