२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते १६:५१
मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेलेआफूलाई काम देखाउने मन्त्रालय चाहिएको भन्दै आइतबार साँझ नै कम बजेट हुने र काम देखाउन नसक्ने मन्त्रालय नलिने बरु मनाङकै मुनिन्द्रजंग गुरुङलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise