२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिटिजन्स क्यापिटलको १५ प्रतिशत लाभांश पारित

Nada
२०८१ भदौ १७ गते २१:३९
Shares
सिटिजन्स क्यापिटलको १५ प्रतिशत लाभांश पारित

काठमाडौं  सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अठारौं साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

ncell

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव ०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आव २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर