२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:४०
आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी

काठमाडौं : आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौतामा आईएमएस सफ्टवेयर प्रालिको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र अर्न सिक्काको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ । आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ । अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरु विभिन्न ब्रान्डहरुमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् ।

अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरुले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ । जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरुप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise