२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

यामाहाले ल्यायो दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:४१
यामाहाले ल्यायो दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’

काठमाडौं : नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरुले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

सो योजना सार्वजनिक गदै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जीव शुक्लाले भने, ‘नेपालीहरुको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं, बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ, यामाहाका बाइक र स्कुटरहरु किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरुले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने हाम्रो विश्वास छ ।’

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरुमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरुका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ । एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरुसँगै यसपालीको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा कम्पनीले गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise