२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ज्योति विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:४२
ज्योति विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुले सहज र सस्तो सुविधा प्रदान गर्नका लागि विभिन्न ४ संस्थासँग छुट सम्झौता गरेको छ । यसै क्रममा बैंकले संगम स्वीट्ससँग ग्राहकहरुलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यस्तै बैंकले हालै मात्रै ललितपुरस्थित मेडेक्स मल्टीस्पेसिअलीटी क्लिनिक एण्ड डाएग्नोस्टीक सेन्टरसँग पनि सम्झौता गरेको छ । बैंकका ग्राहकलाई उक्त क्लिनिकका सेवामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ । साथै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वीलिटि स्पाका देशभरका १७ वटै आउटलेटहरुमा हरेक सेवा तथा सुविधाहरुमा ग्राहकहरुलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

यस्तै बैंकले लुगा सुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise