२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ग्लोबल आइएमईद्वारा ग्लोबल जुनियर एप सार्वजनिक

Nada
२०८१ भदौ १७ गते २१:४४
Shares
ग्लोबल आइएमईद्वारा ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न सो एप सार्वजनिक गरेको हो ।

ncell

बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैँ डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको सो ग्लोबल जुनियर एपमार्फत् तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् । सो एपमार्फत् बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुने बैंकले जनाएको छ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरुका लागि डिजाइन गरिएको प्लेटफर्म हो । सो एप बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरुको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ । ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत् भुक्तानी गर्ने जस्ता सुविधाहरु उपलब्ध छन् । एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर