२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एमएडब्लुद्वारा नाडा अटो शोमा एक हजार बढी सवारी बिक्री

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:५०
एमएडब्लुद्वारा नाडा अटो शोमा एक हजार बढी सवारी बिक्री

काठमाडौं : एमएडब्लु समूहले नाडा अटो शोमा एक हजारभन्दा बढी दुई तथा चार पांग्रे सवारी साधनहरूको बिक्री गरेको बताएको छ ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह विश्वसनीय, रिलायबल तथा इनोभेटिभ ब्राण्डहरूको विस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।

यस वर्षको नाडा अटो शोमा समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चांगन, दिपल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखिएको थियो । एमएडब्लुले राखेको हरेक स्टलमा अवलोकनकर्ताको सहभागिता बाक्लो रहेको थियो ।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे ।

उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरू प्रति ग्राहकहरूले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं । हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पूरा गरेको छ । यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो ।’

एमएडब्लु–वृद्धी समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे । ‘हाम्रो विद्युतीय सवारीसाधन माथि देखाउनु भएको समर्थन अतुलनीय छ र यसले दिगो भविष्यतर्फको महत्त्वपूर्ण कदमलाई देखाउँछ । कमर्शियलदेखि प्यासेन्जर सवारीसाधनसम्मका हाम्रा इभी गाडीहरू ग्राहकहरूमाझ निकै चर्चित छन्, नाडाको सफलता यसले दर्साउँछ ।’

ADVADV

सम्बन्धित खबर

Advertise