२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १२:०९
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौंः जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमाल समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति तास सहित पक्राउ गरेको हो । 

यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवा समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise