२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १२:१८
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न माग गरिएको छ । 

नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले प्रधानमन्त्रीसँग गुरुङलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरूले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका गरेका छन् । 

मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलीमा लगाम लगाउन निर्देशन दिएका थिए । 

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बालाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

विज्ञप्ति हेर्नुहोस् :

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise