२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तीन करोड पाए मेरो भागको मन्त्रालय बेच्दिन्छु : मनाङे

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १२:४५
तीन करोड पाए मेरो भागको मन्त्रालय बेच्दिन्छु : मनाङे

काठमाडौँ : राजीव गुरुङ अर्थात् ‘दीपक मनाङे’ले आफूले पाउने मन्त्रालय बेचिदिने बताएका छन् । उनले आफुले पाएको मन्त्रालयमा आफ्नो कुनै काम नभएको भन्दै राम्रो पैसा दिने दललाई मन्त्रालय बेचिदिने बताएका हुन् । 

एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हटाएर सोमबार मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

उनले प्रदेशमा उम्रिने वनमारा र तीतेपाती मात्रै हेर्न मन्त्री नचाहिने बताउँदै गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीको पदबाट राजीनामा दिएको पनि बताए । यसअघि ६ पटक मन्त्री भइसकेकाले कुनै अधिकार नै नभएको नाम मात्रको मन्त्रालयको नेतृत्व नगर्ने निर्णयमा पुगेको तर्क गरे ।

आफूले छोडेको मन्त्रालय कांग्रेसको भागमा परेकाले मनाङकै अर्को क्षेत्रबाट जितेका कांग्रेसका मुनिन्द्रजंग गुरुङलाई दिन मुख्यमन्त्रीसँग आग्रह गरेको पनि बताए । 

उनले आफूले मन्त्रालय एमाले अथवा कांग्रेसलाई बेच्न लागेको कुरा एक अडियोमार्फत सार्बजनिक भएको छ । आफुलाई बन मन्त्रालय नचाहिने यदि एमाले र कांग्रेसले राम्रो पैसा दिन्छ भने म बेचिदिन्छु उनले भनेका छन् । उनले तीन करोडसम्म कुनै दलले दिन्छ भने उसैलाई आफ्नो भागको मन्त्रालय दिने बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise