२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १५:०५
स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताएका छन् । 

आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले  देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताए  । 

“मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ”, मन्त्री लेखकले भने, “देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।” उहाँले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

त्यसैगरी उनले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए । नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उनको भनाइ छ । त्यसैगरी उनले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताए। 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise