२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १५:२९
जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे ।

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागेकोबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनले यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी दिनुपर्ने बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise