२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सहकारी छानबिन समितिको म्याद १५ दिन थप

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १७:११
सहकारी छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौँ  : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यविधि १५ दिनका लागि थप गरिएको हो ।

आजको बैठकमा समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर, तीन महिनामा काम नसकेपछि आज १५ दिनका लागि म्याद थप गरिएको हो ।

समितिले अहिले बयान लेखनको काम गरिरहेको छ । समितिमा एमालेकी सरिता भुसाल, काँग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise