२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’ 

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १८:०४
‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’ 

काठमाडौंः नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए । ‘विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन’, उनले भने, ‘यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।’

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिए । उनले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताए । ‘एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?’ सांसद भण्डारीले प्रश्न गने, ‘बत्ती बालेपछि बिल तिर्नुपर्दैन रु यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।’ 

उनले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राखे । सांसद भण्डारीले भने, ‘सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।’ यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज भनाइरहेको स्मरण गर्दै उनले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सदनबाट समानता, स्वतन्त्रता र निष्पक्षताको सन्देश जानुपर्ने र लोकतन्त्र जनपक्षीय र समानुपातिक विकास भए/नभएको अध्ययन गर्नुपर्ने बताए । उनले देश र जनताका लागि राजनीति गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे । ‘जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्छ, कुनै पार्टी ठूलो र सानो हुदैन । शोखको राजनीतिक मौलाएर गएको छ, दल खोल्ने सांसद हुने, मुलुकमा अस्थिरता खडा हुने स्थिति छ । त्यसैले जनतामा रहेको बेचैनी, अस्थिरता र अराजकता अन्त्य गर्न जरुरी छ’, उनले भने । 

नेकपा (माओवादी केन्द्र) अमनलाल मोदीले मधेश, दलित, महिला, जनजातिको हकहितका लागि आन्दोलन र क्रान्ति भएको हुनाले शान्ति प्रक्रियामा असरपर्ने काम कसैबाट हुन नहुने बताए। उनले जनयुद्ध लोकतन्त्र र समानताका लागि भएको बताए । 

     

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise