२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई टिस्टुङ रिसोर्टमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते २१:१३
ज्योति विकास बैंकका ग्राहकहरुलाई टिस्टुङ रिसोर्टमा छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकहरुले मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्बन्धी बैंक र रिसोर्टबीच सम्झौता भएको हो । सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५ प्रतिशत र बेभरेजमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसभन्दा अघि काठमाडौंस्थित ट्रयाङक्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरुमा हरेक सेवा तथा सुविधाहरुमा ग्राहकहरुलाई ३० प्रतिशत सम्मको विशेष छुट दिने सम्झौता गरेको छ । साथै, संगम स्विट्स को कमलपोखरी आउटलेटमा १० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise