२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

Nada
२०८१ भदौ १८ गते २१:१५
Shares
क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट आइसिआरए डबल बी रेटिङ पाएको छ । सर्वसाधारणमा शेयर निष्कासनको प्रकृयामा रहेको कम्पनीले सो रेटिङ पाएको हो । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।

ncell

कम्पनीकाअनुसार स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । यसका साथै, निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरीय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

सो कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर १०० रुपैयाँ अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम २०७९ पुष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो ।

ताजा खबर

सम्बन्धित खबर