२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स रणनीतिक साझेदारी

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते २१:१८
आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स रणनीतिक साझेदारी

काठमाडौं : आइएमई लिमिटेड तथा कमर्स प्लेक्सबीच रेमिट्यान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आप्रवासी नेपालीहरुबाट पठाउने रेमिट्यान्समा व्यवस्थित गर्न सहकार्य गर्ने उद्देश्यले उक्त साझेदारी भएको हो ।

हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्सका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।

कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भने, ‘आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरुलाई भरपर्दो च्यानलहरू मार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको छ ।’ आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच भएको साझेदारीले दुवै पक्षलाई लाभ हुने अपेक्षा कम्पनीले गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise