२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बालेन समर्थकले चलाए ओलीविरुद्ध अनफलो अभियान

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १२:०१
बालेन समर्थकले चलाए ओलीविरुद्ध अनफलो अभियान

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । 

मेयर शाहले पोस्ट गरेको एमाले सांसद रेखा शर्मा विरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । 

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ९५ हजारमा झरेको छ ।

मेयर शाहले आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’ उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् ।

एमाले र बालेनबीच काठमाडौँको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ । एमालेले यसविरुद्ध संगठितरुपमै विरोध र ज्ञापनपत्र काठमाडौँ महानगरलाई बुझाएको छ । बिगतका समयमा पनि एमाले र मेयर शाहबीचको सम्बन्ध राम्रो छैन ।  

काठमाडौँ महानगरपालिका भित्रका अबैधानिक संरचना हटाउनेदेखि फुटपाथ बिस्तारसम्मको महानगरको काममा एमाले बाधक बन्दै आएको छ । मेयर शाहले पनि एमालेबिरुद्ध सामाजिक संजालमा व्यंग्य गर्दै पोस्टहरू गर्दै आएका छन् । एमालेपनि मेयर शाहप्रति उग्र हुँदै आइरहेको छ । यसैको फलस्वरुप बालेनका समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो अभियान नै चलाएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise