२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

माओवादी केन्द्रको तीन आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १३:०७
माओवादी केन्द्रको तीन आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न भएको छ ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा हिजो नै ४० जनाले सुझाव राखेका थिए । आज बिहानबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सम्पन्न भएको हो ।

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरूप आयोजना गरिएको बैठक अन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेस प्रदेश तथा ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise