२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमाले पोलिटब्यूरो बैठक शुरु 

shivam cement
२०८१ भदौ १९ गते १३:२९
Shares
एमाले पोलिटब्यूरो बैठक शुरु 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला शुरु भएको हो । 

बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। 

उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । 

ताजा खबर

सम्बन्धित खबर