२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सार्फीको नेतृत्व राष्ट्र बैंकलाई, गभर्नर अधिकारी अध्यक्ष

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १४:३४
सार्फीको नेतृत्व राष्ट्र बैंकलाई, गभर्नर अधिकारी अध्यक्ष

काठमाडौंः एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन्। 

मध्य सार्फी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एएफआई)– ग्लोबल पोलिसि फोरम’ बैंठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित ‘पाँचौं सार्फी लिडर्स राउन्टेबल’ का क्रममा सार्फीको अध्यक्षमा नेवाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो । सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका हुन् ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसि फोरम’को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाई अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise