२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारी अंकले घट्यो नेप्से, कारोबार १२ अर्ब

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १५:१०
भारी अंकले घट्यो नेप्से, कारोबार १२ अर्ब

काठमाडौंः बुधबार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज जम्मा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।

बजार घट्दा पनि चार कम्पनीको शेयर मूल्य भने १०प्रतिशतका दरले बढेको छ । आज एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 

यस्तै आज कारोबार समय भरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा मात्रै १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको शेयर कारोबार भएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise