२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १५:५८
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।

कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष केडियाले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरी देशका विभिन्न ठाउँबाट आएका क्लबका सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई स्वागत गरे । उनले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सप्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पुर्‍याएको अतुलनीय योगदानप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरुप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नका लागि चाहिने सीपहरुलगायतका विषयमा आफ्नो भनाइ राखेका थिए ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो ।

क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise