२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनताको राउण्ड किक् कस्तो हुन्छ ओलीले देख्नेछन् : प्रचण्ड 

ADV
मध्यान्ह
२०८१ भदौ २० गते ११:५५
जनताको राउण्ड किक् कस्तो हुन्छ ओलीले देख्नेछन् : प्रचण्ड 

काठमाडौँ : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानविपरीत अभिव्यक्ति दिँदै हिड्ने जो कोहीलाई जनताले यसै नछोड्ने बताएका छन् । उनले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो आह्वान गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले सहिदहरूका बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काएका छन्  । उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै 'एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्' भन्ने अभिव्यक्ति दिएका थिए ।

'जनयुद्ध'लाई हिंसाको रुपमा व्याख्या गरिएकोतर्फ लक्ष्य गर्दै प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने गर्ने गरेका छन् । संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise