२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८१ भदौ २० गते १६:४६
कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुङगा चिसङखुढी नगरपालिका–६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सुभासले कतार पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर