२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कुमारी बैंकको ‘तिजको शुभकामना’ क्यासब्याक योजना

ADV
मध्यान्ह
२०८१ भदौ २० गते २१:३६
कुमारी बैंकको ‘तिजको शुभकामना’ क्यासब्याक योजना

काठमाडौं : कुमारी बैंकले महिलाहरुलाई लक्षित गरेर क्यासब्याक योजना ल्याएको छ । महिलाहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई तिजको उपलक्ष्यमा क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नवीनतम सेवा दिँदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत् रकम भुक्तानी गर्दा तिजको शुभकामनास्वरुप यही भाद्र २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सयको क्यास ब्याक योजना संचालनमा ल्याएको छ । 

यस योजनाबाट सेवाग्राहीको विद्यूतीय भूक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरुमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise