२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एनसेल एपमा अब ‘पुलिस रिपोर्ट’ सुविधा

ADV
मध्यान्ह
२०८१ भदौ २० गते २१:३७
एनसेल एपमा अब ‘पुलिस रिपोर्ट’ सुविधा

काठमाडौं : निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ । ग्राहकले अब एनसेलको एपमार्फत् प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्ने भएका हुन् ।

यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै एनसेल एपबाट पनि लिन सकिने भएको छ । सधैँ अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहक अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुसार एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ता सुविधा आफ्नो एपमा थपेको हो । प्रयोगकर्ताले पुलिस रिपोर्टका लागि सिधैँ एपमार्फत् आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

२९ साउनदेखि लागु हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट आफ्नो नेटवर्कमा विनाडेटा शुल्क चल्ने गरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायत सेवा लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवा डिजिटल रुपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत् उपलब्ध गराउन पाउँदा खुसी छौं, यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहल आधारभूत आवश्यकता हुन्,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise