२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ २० गते २१:३९
नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरुको उपस्थिति कम्पनीले सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए भने कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले प्रशिक्षण दिएका थिए । 

कार्यक्रम कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको हो । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरु, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेसागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा भारतको दिल्लीबाट आएका चिरपरिचित अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सीपका बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरुले बीमाको महत्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावना रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्न उनले उत्प्रेरणा प्रदान गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise