२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ग्लोबल आइएमईको खातामा पाँच फाइदा एकसाथ पाइने

ADV
मध्यान्ह
२०८१ भदौ २० गते २१:३९
ग्लोबल आइएमईको खातामा पाँच फाइदा एकसाथ पाइने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमित सुविधासहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सी–आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइने भएको हो ।ग्लोब

ल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो शेयर, आईपीओ भर्न चाहिने सी–आस्वा रजिष्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउने छन् । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यी सेवाहरु बैंकको ३ सय ५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने बैंकले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise