२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ एक्स्पो हुँदै

Nada
२०८१ भदौ २० गते २१:४१
Shares
‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ एक्स्पो हुँदै

काठमाडौं : शुक्रबारदेखि काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले संयुक्त आयोजना गरेको  एक्स्पो भदौ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको हो ।

ncell

एक्स्पोको उद्घाटन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले शुक्रबार बिहान ११ बजे गर्ने आयोजकले जनाएको छ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । आयोजकका अनुसार प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरु, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरुको समग्र विकास तथा व्यापार प्रवद्र्धन अत्याधिक टेवा पु¥याउने उद्देश्यका साथ सो प्रर्दशनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर