२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बजाजले ल्यायो ‘क्यास सफारी’ अफर

Nada
२०८१ भदौ २० गते २१:४२
Shares
बजाजले ल्यायो ‘क्यास सफारी’ अफर

काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।

ncell

बजाजको यस योजना अन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउने कम्पनीले जनाएको छ ।

‘हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौं, यस्ता स्किमहरु मार्फत ग्राहकहरुलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ, यस वर्ष पनि बजाजले ग्राहकहरुको चाड विशेष बनाउने हामी विश्वस्त रहेका छौं’, कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले भने । इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर