२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

महाधिवेशन केन्द्रित कांग्रेस : कोइराला परिवारभित्रै प्रतिस्पर्धा

ADV
मध्यान्ह
२०८१ भदौ २१ गते ०६:५०
महाधिवेशन केन्द्रित कांग्रेस : कोइराला परिवारभित्रै प्रतिस्पर्धा

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने तयारीमा छन् । उनी आफैंले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । कोइराला परिवारबाटै डा. शेखर कोइराला पनि सभापतिको दौडमा छन् । 

गत बुधबार चितवनमा पत्रकारसँग गर्दै डा. शशांकले आफू १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताए । आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । 

‘अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन’ उनले भने, ‘बरु सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने तिर ध्यान दिनुपर्ने छ ।’

कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने डा. शशांक बताउँछन् । उनी आफैँ पनि दशैँ लगत्तै देश दौडाहामा निस्कने तयारीमा छन् । 

दशैँ लगत्तै कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र त्यसलाई चुनावी प्रचार अभियानको रुपमा अगाडि बढाउने उनको चाहना छ । कांग्रेसको शक्ति बिपीको विचार भएको उल्लेख गर्दै उनी पार्टीमा यो सेन्टिमेन्ट क्यास गर्न खोज्दैछन् । यही सेन्टिमेन्टमा खेलेर सभापतिको तयारी डा. शेखरले पनि गरिराखेका छन् ।

गत १४ औं महाधिवेशनताका कोइराला परिवारबाट सभापति लडेका डा. शेखर कोइराला शेरबहादुर देउवासँग पराजित भएका थिए । सुजाता कोइराला उपसभापति लडेकी थिइन् । गत महाधिवेशनमा डा. शशांक कोइरालाले केन्द्रीय सदस्य मात्र लडे । कांग्रेस नेताहरू कांग्रेसको इतिहासमा फेरि कोइराला परिवार नै नेतृत्वमा भिड्ने अवस्थामा पुगेको बताउँछन् । २००९ सालको पाँचौ महाधिवेशनमा विपी र मातृका दाजुभाइबीच द्वन्द्व भएको थियो ।

‘बीपी भन्दा मातृका भारतको अनुकूल हुन्छ’ भन्ने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको पत्रपछि कांग्रेस हलचल पैदा भएको कांग्रेसकै नेताहरू स्मरण गर्छन् । विगतको जस्तो हुन नदिन आफूले डा.शेखरसँग कुरा गर्ने र आफू कोइराला परिवारबाट एकल उम्मेदवार हुने शशांकको दाबी छ । तर गत महाधिवेशनमा सभापतिमा पराजित भएका डा. शेखर पछाडि हट्ने सोचमा देखिन्न । डा. शेखर फेरि १५ औं महाधिवेशनमा सभापतिको उमेदवार बन्ने घोषणसहित देश दौडाहामा छन् । यही बेला डा. शेखर पनि सभापतिको उम्मेदवारीमा घोषणा गरेरै देश दौडाहामा निस्किन लागेका हुन् । विधानतः शेरबहादुर देउवा प्रतिस्पर्धामा हुने छैनन् । यसकारण पनि डा. शेखर र डा. शशांक बलियो प्रतिस्पर्धी नदखेर आफैँ सभापतिको तयारीमा लागेका हुन् ।

तर दुवै सभापतिमा कोइराला परिवारकै दुई सदस्यबीच भिडन्त नहुने बताउँछन् । डा. शशांक दाजु शेखर र बहिनी सुजातासँग छलफल गरेर आफू सभापतिको उम्मेदवार हुने बताउँछन् ।  यसका लागि दाजु शेखरसँग विशेष कुराकानी गर्ने शशांकको तयारी छ । सुजातालाई स्वास्थ्यले साथ नदिएका कारण उनले नेतृत्वमा दाबी नगर्ने शशांकको विश्वास छ ।

गत साउनमा केन्द्रीय समिति चलिरहँदा डा. शशकांकले छुट्टै चियापान आयोजना गरेका थिए । कांग्रेसका सबै गुटका सबैजसो नेता र कार्यकर्ता शशांकको चियापानमा पुगे । त्यो दिन अन्तिम समयमा पुगेका शेखर र शशांकबीच केहीबेर भलाकुसारी भएको थियो । नेताहरूका अनुसार शेखर कोइराला र आफूसँग भएका टिमका नेताहरूलाई विश्वासमा लिने प्रयासमा डा. शशांक छन् । १३ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका डा. शशांक १४ औं महाधिवेशनमा निस्क्रिय बसेका थिए । शेखरमाथि लागेको भाइ–बहिनी मिलाउन नसकेको आरोपमा टेकर डा. शशांक यसपटक आफूलाई उम्मेदवारको रुपमा अगाडि सारेका हुन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise