२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शिक्षामा माफियातन्त्रको अन्त्य गरेरै छाड्छौं : नगर प्रमुख सिंह

ADV
ध्रुव अधिकारी
२०८१ भदौ २१ गते २०:५२
शिक्षामा माफियातन्त्रको अन्त्य गरेरै छाड्छौं : नगर प्रमुख सिंह

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाड्ने दावी गरेका छन् । 

मध्यान्ह राष्ट्रिय दैनिकसँग शुक्रबार विशेष कुराकानी गर्दै नगर प्रमुख सिंहले वीरगञ्जको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर वीरगञ्जको शैक्षिक अवस्थालाई बिगार्ने गिरोहलाई नछाडिने चेतावनी दिए । 

आफू कानून विपरित काम नगर्ने र कानून हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै उनले जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए । 

शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउँदै नगर प्रमुख सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५÷२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताए । 

आफूले २७ महिना ९ दिन काम गरेको र यस अवधिमा वीरगञ्जको सरसफाइ, सौन्दर्यकरण, हरियाली वीरगञ्ज, शंकराचार्य गेटदेखि गण्डकसम्मको अवस्थामा आमूल परिवर्तन इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दावी गरे । 

उनले वातावरण पर्यावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउँदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारबाहीसहित जरिवाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको दाबी गरे । 

नगर प्रमुख सिंहले वीरगञ्जको माटोलाई उर्वर बनाउने जिम्मा वीरगञ्जवासीकै भएको बताउँदै आफूले गरेका राम्रा कामको पनि विपक्षीहरुले आलोचना गरेको र आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडि नहट्ने दाबी गरे । 

नगर प्रमुख सिंहले वीरगञ्जको बजार क्षेत्र र ग्रामीण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडि बढाएको दाबी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरी सकेको बताए ।  उनले हाल वीरगञ्ज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजश्व उठाइ रहेको बताउँदै संघीय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोश व्यक्त गरे । 

वीरगञ्ज महानगरपालिका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत बोर्ड सदस्यहरुमा कुनै विवाद नरहेको बताउँदै आफूले चुनावताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाड्ने दावी गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise