२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘वैकल्पिक अर्थतन्त्र’ बजारमा

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १९:२९
‘वैकल्पिक अर्थतन्त्र’ बजारमा

काठमाडौं : अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको  डबलीमा  विमोचन भएसँगै उक्त पुस्तक बजारमा आएको हो । पुस्तक विमोचनपछि त्यसको समीक्षा पनि भएको थियो । 

त्यस अवसरमा लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको बताए । देशमा बहुदलीय व्यवस्था प्रारम्भभएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकामा यथार्थमा त्यसो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उनले बताए । 

पूर्वकृषिमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम  चिन्तन हुने गरेको बताए । उद्यम नगर्ने तर मुनाफा खोजीरहने प्रवृत्तिको अन्त्य नभएसम्म समाजवाद हासिल नहुने उनले बताए । 

अर्थविद् प्राध्यापक अच्युत वाग्लेले अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा निकै कम विमर्श हुने गरेको बताउँदै अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताए । विषयगत ज्ञान नभएका व्यक्तिलाई अर्थतन्त्र जिम्मा लगाउँदा त्यसले नतिजा दिन नसकेको उनले बताए । देशमा पुँजीवाद, उदारवाद, समाजवाद अथवा साम्यवाद जे भनेपनि सबै राजनीतिक दलहरु स्वार्थकेन्द्रित र भष्ट्राचारमा केन्द्रित भएको आरोपसमेत उनले लगाए । रोकाको पुस्तकमा नवउदारवादलाई आलोचनात्मक ढंगले हेरिएको प्राध्यापक वाग्लले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीले नेपालको आर्थिक नीति निर्माण प्रक्रियाप्रति प्रश्न उठाए । केन्द्रमा बसेर नीति तथा कार्ययोजना बनाउने तर त्यसलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्ने विद्यमान अवस्थाले लक्षित नतिजा हासिल गर्न चुनौतीपूर्ण हुने उनले बताए । 

बेला पब्लिकेशनले बजारमा ल्याएको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तकमा वैकल्पिक आर्थिक नीति, राज्य र अर्थतन्त्र, कृषिको रुपान्तरण र खाद्य सुरक्षा, भूमिसुधार, औद्योगिक नीति, मौद्रिक नीति, कर प्रणाली पुनर्संरचनालगायत विभिन्न १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise