२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

राजधानीमा टर्किस खानाको स्वाद दिने रेष्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’

ADV
२०८१ भदौ २३ गते ०६:४०
राजधानीमा टर्किस खानाको स्वाद दिने रेष्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’

काठमाडौं : टर्किस खाना विश्वभर चर्चित छ । टर्किस खानाको स्वाद लिनेहरुको संख्या दिनानुदिन बढ्दै जाँदा टर्किस रेस्टुरेन्टहरु पनि विश्वभर फैलँदो क्रममा छ । नेपालमा पनि टर्किस खाना खान चाहनेका लागि लोकप्रिय बनेको छ टर्किस रेस्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’ ।

काठमाडौंको नक्सालस्थित टंगालमा रहेको यस रेस्टुरेन्टको नाम पनि टर्किस भाषामा नै राखिएको छ । टर्किस भाषामा ‘अलेभ’को अर्थ आगोको राप हो । त्यही आगोको रापमा सेकाउँदै पकाएको मासुलाई ‘केबाप’ भनिन्छ । यसलाई अरबी र अन्य राष्ट्रहरूमा कबाब भनेर चिनिन्छ । यस्तै ‘सल्टनेट’को अर्थ भने दरबार हो ।

२०७७ साल फागुनबाट सञ्चालमा आएको यस रेस्टुरेन्ट करिब ४ हजार स्क्वायर फिटमा फैलिएको छ । यस रेस्टुरेन्टमा हालल गरिएको मासुका परिकारहरु पाइन्छ । यो रेस्टुरेन्टमा टर्कीका परिकारसँगै मध्य–पूर्वी परिकार पनि पाइन्छ । यहाँको खास विशेषता भने चाहिँ कबाब नै हो ।

मध्यम तथा उच्च स्तरका ग्राहकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस रेस्टुरेन्टमा प्रायः कूटनीतिक नियोगका अधिकारीहरु आफ्नो परिवारसहित टर्किस खानाको स्वाद लिन आउने गरेका छन् । साथै यस रेस्टुरेन्टमा व्यावसायिक व्यक्तित्वहरु तथा सेलिब्रेटीहरु पनि पुग्ने गरेका छन् ।

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह प्रायः पुगिरहने यस रेस्टुरेन्टमा गत साता कुशे औंशी (बुबाको मुख हेर्ने दिन)मा पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवारसहित पुगेका थिए । करिब साढे दुई घण्टा रेस्टुरेन्टमा बिताएको पूर्वराजा शाहको परिवारले त्यहाँका विभिन्न परिकारको स्वाद लिएको थियो । फर्किने बेला पूर्वराजा ज्ञानेन्द्रले रेस्टुरेन्टको खाना तथा सेवा सुविधाको तारिफ गरेको रेस्टुरेन्टका प्रमुख सेफ प्रकाश कटुवालले बताए । विभिन्न देशमा गएर सेफको जिम्मेवारी सम्हालिसकेका कटुवाल निकै अनुभवी मानिन्छन् ।

संयुक्त साझेदारीमा खोलिएको यस रेस्टरेन्टको चेयरम्यान कृष्ण पौडेल हुन् । पौडेल काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याडका चेयरम्यान पनि हुन् । वैदेशिक रोजगार व्यवसायीसमेत रहेका पौडेलको अनुपम फुडल्याण्ड आईएसओ मान्यता प्राप्त बैंक्वेट हो ।

साथै अलेभ रेस्टुरेन्टमा नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुकका रोजगारदाताहरु पनि पुग्ने गरेका छन् । नेपाली कामदार लैजान अन्तर्वार्ता लिन काठमाडौं आउँदा यूएई, कतार, बहराइनलगायत मुलुकका रोजगारदाताहरु वैदेशिक रोजगार व्यवसायीसँगै अलेभ रेस्टुरेन्टमा आउने गरेको चेयरम्यान पौडेल बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise