२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

साइमेक्स इंक र बीवाईडीद्वारा 'साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन'को घोषणा

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १२:३९
साइमेक्स इंक र बीवाईडीद्वारा 'साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन'को घोषणा

काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यू इनर्जी भेइकल (एनइभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ ।

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री बापत १० हजार रूपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।

यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रूपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे ।

यसका साथै साइमेक्स इंक प्रा.लि.का अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्ने घोषणा गरे ।

सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने नेतृत्वको अटल समर्पणलाई यसले प्रतिविम्वित गर्ने बताइएको छ ।

शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुनेछ ।

यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउन समर्पित गरिने बताइएको छ ।

बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई दिए ।

कम्पनीका अनुसार यो फाउन्डेसन साइमेक्स इंक र बीवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण भएको र यसलाई व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहकसमेत बनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise