२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १२:४३
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र काभ्रेको मिराबेल रिसोर्ट एण्ड होटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।

ADVADV

सम्बन्धित खबर

Advertise