२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

३३ वर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चलान

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १६:४०
३३ वर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चलान

दाङ : नेपाली कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । उनले ३३ वर्ष पुरानो मुद्दामा आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् ।

सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । 

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise