२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पर्यटन बोर्डका सीईओ जोशीले सम्हाले पदभार

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते २०:५८
पर्यटन बोर्डका सीईओ जोशीले सम्हाले पदभार

काठमाडौं : नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पदभार समालेका छन् । आइतवार पदभार सम्हालेपछि सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बोर्ड सार्वजनिक निजी साझेदारी –पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए । ‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो, निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ, त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो,’ उनले भने । 

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार,अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले समुह कार्यबाट ती सबैकाम गर्न सकिने बताए ।

उनले आफु कुनै पूर्वाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको भाद्र २० गते बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम  जोशीलाई चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise