२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपाल भित्रियो

Nada
२०८१ भदौ २३ गते २०:५९
Shares
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपाल भित्रियो

काठमाडौं : जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपालले नोमसलाई आधिकारिक रुपमा नेपाल भित्राएको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती बिक्री कक्षबाट नोमोसको विक्री शुरु गरिएको हो । 

ncell

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् । 

‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं’, नेपाली बजारमा नोमसलाई आधिकारिक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भने, ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो, नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ, नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।’ 

नेपाली बजारमा ५२ बर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको बिक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिंदै आएको अतुलनिय बिक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर