२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सरकारले सहकारी पीडितको माग सम्बोधन गर्ने, आन्दोलन स्थगित

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १२:३२
सरकारले सहकारी पीडितको माग सम्बोधन गर्ने,  आन्दोलन स्थगित

काठमाडौँ : सरकारले सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन गर्ने भएपछी आन्दोलन स्थगित भएको छ । 

आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको १०८ दिनदेखिको आन्दोलन स्थगित भएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो  ।

सहमतिपछि सहकारी विभागका उप-रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय  कार्यदल गठन  भएको छ । मन्त्रालयका अनुसार कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागका प्रतिनिधि रहनेछन् ।

अनसनमा बसेका सहकारी पिडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी विभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाए । 

समस्यामा परेका सहकारी बचतकर्ताको बचत फिर्ता र ऋण असुली लगायत विषय पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषण लगायत कार्यमा निरन्तर सहयोग गर्न कार्यदल बनाउने सहमति भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise