२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मुक्तिनाथका ग्राहकलाई धादिङको त्रिशूली बिच रिसोर्टमा छुट

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते २१:०९
मुक्तिनाथका ग्राहकलाई धादिङको त्रिशूली बिच रिसोर्टमा छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यो सम्झौतासँगै अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेस गर्नुपर्ने वा बैंकको मोबाइल÷इन्टरनेट बैंकिङमार्फत् बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, यस बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवाहरु बैंकको शाखामा उपस्थित नभई गर्न सकिने व्यवस्था पनि गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise