२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते २१:१२
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ । उक्त शेयर खरिद प्रत्याभूतिका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ तथा नबिल इन्भेस्टमेन्ट बैंकिङबीच त्रिपक्षीय सम्झौता भएको हो ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य एक सयका दरले कुल २२ करोड ५० लाख खरिद प्रत्याभूति सेवाका दुई संस्थासँग सम्झौता गरेको हो ।

सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise