२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भीम रावलको चुनौती : मलाई कारबाही गरेर देखाउनू, त्यसपछि सोचौँला 

Nada
२०८१ भदौ २५ गते १३:३२
Shares
भीम रावलको चुनौती : मलाई कारबाही गरेर देखाउनू, त्यसपछि सोचौँला 

काठमाडौँ : नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार अछाम साँफेबगरमा पत्रकारसँग कुरा गर्दै उनले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।

ncell

‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ । विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौती दिन्छु,’रावलले भने, ‘पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला, सोचौँला ।’

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक उभिएको बताउँदै रावलले केही मानिसले बिझाउने काम गरेको समेत आरोप लगाए । ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बारेमा म जानकार नै छु,’ रावलले भने, ‘म सबै कुरा थाहा पाएर आफ्नो अडानमा अविचलित छु ।’

रावलले पार्टीको विचार बोकेर दृढताका साथ अघि बढ्न पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको बताए ।

सम्बन्धित खबर