२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मनकामना केबलकार असोज १ गतेबाट सुचारु हुने

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते २१:२५
मनकामना केबलकार असोज १ गतेबाट सुचारु हुने

काठमाडौं : देशकै पहिलो यात्रुबाहक केबलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शनले चितवनको चेरेसदेखि गोरखाको सुप्रसिद्ध तीर्थस्थल मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

अस्ट्रियाको विश्वविख्यात केबलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबलकारको स्तरोन्नति सम्पन्न भएको कम्पनीले जनाएको छ । 

गत असार ३१ गतेदेखि केबलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शनले जनाएको छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबलकार असोज १ गते मंगलबारदेखि पुनः सुचारु हुनेछ ।

मनकामना केबलकार नेपालकै पहिलो यात्रुबाहक केबलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।

मनकामना दर्शन पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा नेपाल सरकारबाट पटक–पटक सम्मानित भएको छ । मनकामनाले सेवा शुरु गरेको २६ वर्षपछि केबलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटलडी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो ।

हालसम्म मनकामना केबलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शनका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise